ADB वाट कालिका कन्स्ट्रक्सन सम्मानित

सुनसरीको चतरास्थित कोशी नदीमा प्राविधिक तथा भौगोलिक रुपले कठिन मानिएको पायल फाउण्डेसन भएको ८ मिटर चौडाई र २ सय ६२ मिटर लम्बाईको पुल निर्माणको परियोजना सफलतापूर्वक सम्पन्न गरेकोले एशियाली विकास बैंकले कालिका कन्स्ट्रक्शन प्रा.लि.लाई सम्मान गरेको छ ।
विहिवार राजधानीमा भएको कार्यक्रममा एशियाली विकास बैंक (एडिबि) का दक्षिण एशिया क्षेत्रीय विभागका महानिर्देशक हन किम र अर्थ मन्त्रालयका सचिव लोकदर्शन रेग्मीले वर्ष २०१५ को उत्कृष्ट निर्माण कम्पनीको रुपमा कालिका ग्रुपका अध्यक्ष तथा सांसद बिक्रम पाण्डेलाई सम्मान गर्नु भएको हो ।